डढेलोमा जलेर घाइते बाबु-छोरीको मृत्यु

22.8k Shares

काठमाडौं- वनमा लागेको डढेलोमा जलेर घाइते भएका कालीकोटका बाबुछोरीको उपचारको क्रममा मृत्यु भएको छ।

कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

यही चैत २ गते बाख्रा चराउन गएका बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परी खाँडाचक्र नगरपालिका-५ का बाबुछोरी गम्भीर घाइते भएका थिए। 

उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो। उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार