चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

123 Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले साइलेन्सर मोडिफाइ गरी चर्को आवाज निकाल्ने तथा आगोको झिल्का फाल्ने बुलेट लगायतका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
‘बुलेट अपरेसन’ अभियानअन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलमाथि प्रहरीले कारबाही अघि बढाएको हो।
साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणलाई सास्ती र सडक सुरक्षामा जोखिम हुने भएकाले अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अभियानमार्फत ध्वनि प्रदूषण नियन्त्रण, अवाञ्छित गतिविधि निरुत्साहित र सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार