‘परस्त्री’ आजबाट देशभर प्रदर्शन

16.7k Shares

काठमाडौ,  १४ असार । असार फिल्म प्रदर्शनको लागि राम्रो समय मानिन्न । त्यसैले अन्य महिनामा फिल्म रिलिज गर्न तछाडमछाड गर्ने निर्माता असारमा चुपचाप बस्छन् । केही वर्ष अगाडिसम्म असारमा फिल्म रिलिज हुँदैन मुस्किलले हुन्थ्यो । अहिले भने राम्रै रिलिज हुन थालेका छन् ।

यस्तैमा आज बिहीबारबाट नयाँ फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको छ । शुक्रबार रिलिजको तयारीमा रहेको यो आज (बिहिबार) सार्वजनिक विदा परेको कारण रिलिज भएको हो । देशभरका हलबाट एकसाथ आएको फिल्मले नेपाली फिल्मतर्फ एकल प्रदर्शन अवसर प्राप्त गरेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले राम्रो शो दिएका छन् । पछिल्लो समय सुस्ताएको नेपाली फिल्मको बजारलाई ‘परस्त्री’ ले चलायमान बनाउने अपेक्षा फिल्मकर्मीको छ ।

हिन्दीमा समेत डब गरिएको यो फिल्म भारतमा भने शुक्रबारदेखि प्रदर्शनमा आउनेछ । सुरज पाण्डेद्वारा निर्देशित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ । शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् । फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्या कथा बनाएको छ ।

सम्बन्धित समाचार