1.3k
Shares
ललितपुर । गोदावरी नगरपालिका वडा नं. ६ भैंसेस्थित भैंसेडाँडा रिसार्ट र वडा नं. ५ लेले चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले ५ लाख ७३ हजार ६ सय ३६ रुपैयाँसहित १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसर जावलाखेलका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।
जुवा खालबाट पाँच बुक ताससहित पाँच लाख त्रिहत्तर हजार छ सय पैतिस रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरिक्षक गौतम मिश्रले खोजतलासलाई जानकारी गराएका छन् ।