नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, तस्बिरहरु

8.3k Shares

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । 

उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिउ । 

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।pic_XKo5xpSoGC.jpg547411497_1843747796517236_7926708822495231351_n_ziRxeEj8Am.jpg546648558_1145717504101214_8741445992263673126_n_UbBgHGF5yF.jpg548570869_2042932919847663_3255144369866382510_n_CjHDuwTF4e.jpg

सम्बन्धित समाचार