इन्द्रजात्राका लागि बत्तीस हाते लिङ्गो हनुमानढोका ल्याईदै

19.1k Shares

काठमाडौं, १९  भदौ इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड्याउन भक्तपुरको चित्तापोलबाट लिङ्गो ल्याउन सुुरु गरिएको चित्तापोलबाट ल्याइउन लागिएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर ल्याउन लागिएको हो

लिंगोलाई अरनिको राजमार्ग भएर तान्दै काठमाडौं पुर्याउने चलन हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन इन्द्रजात्राको लागि आवश्यक लिंगो यही ठाउँंबाट तानेर काठमाडौं ल्याउने गरिन्छ

ऐतिहासिक धार्मिक महत्व बोेकेको काठमाडौंको इन्द्रजात्रा पर्वका लागि चाहिने लिंगोको शनिबार राति पुजा आजा गरी लिङ्गो ढाल्न सुरु गरिएको थियो लिंगोलाई आजभोलि नै तानेरै काठमाडौँ पुर्याउने चलन

नेपाल भाषामा योसीं भनिने इन्द्रध्वजोत्थानलाई शुभमंगल सूचकका विभिन्न चिह्न राखेर ध्वजापताका झुन्ड्याएको लिंगोलाई ध्वजापताकासहित सिँगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ

राजा जयप्रकाश मल्लको प्रतीकका रूपमा रहेको राज खड्गलाई झल्लरले ओढाई इन्द्रध्वजोत्थान कार्यक्रममा उपस्थित गराइने परम्परा छ। काठमाडौंको इन्द्रचोकमा राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ

 

सम्बन्धित समाचार