मन्त्रिपरिषद्को बैठक बस्दै, केहि महत्वपूर्ण निर्णय हुन सक्ने

15k Shares

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बालुवाटारमा अहिले विहान १०ः ३० बजे बैठक बोलाईएको स्रोतले जनाएको छ । आजको बैठकमा केहि महत्वपुर्ण निर्णय हुन सक्ने जनाईएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बोलाएका छन्। बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्ने तय भएको छ। आजको बैठक सुरक्षाको समग्र वस्तुस्थितिबारे समीक्षा गर्न बोलाइएको नियमित बैठक भएको जनाईएको छ। बैठकमा कुनै विशेष एजेन्डा नभएको स्रोतको भनाई छ ।
 

सम्बन्धित समाचार