आज सुनचाँदीको भाउ घट्यो

935 Shares

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १६५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ८१५ रुपैयाँमा करोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार