877
Shares
काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल यू–१९ महिला क्रिकेट टोली च्याम्पियन बनेको छ।
नेपाल र चीनबीच आइतबार हुनुपर्ने फाइनल खेल वर्षाका कारण रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले उपाधि जितेको हो।
आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको तयारीका रूपमा खेलाइएको यस सिरिजमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्यो।
प्रतियोगितामा कुल ६ खेल खेलिएकोमा नेपालले ४ मा जित हासिल गर्यो भने २ खेल वर्षाका कारण रद्द भएका थिए। खेल रद्द भए पनि समूह चरणको समग्र प्रदर्शनका आधारमा नेपाली टोली च्याम्पियन बन्न सफल भएको हो।