कांग्रेसले संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

8.7k Shares

नेपाली कांग्रेसले संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
यो कार्यक्रम चैत १४ गते सानेपामा हुनेछ, जसमा संसदीय अभ्यासबारे सिकाइनेछ।
बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि अभिमुखीकरण गर्ने निर्णय गरेको हो।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

अभिमुखीकरण कार्यक्रम चैत १४ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । अभिमुखीकरणमा संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे सिकाइने बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यहरू र राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यहरूलाई यही चैत्र १४ गते नेपाली कांग्रेसको तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

सम्बन्धित समाचार