भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

1.1k Shares

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारी साधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार