संसद दिवस मनाईदै, मामिलामा नयाँ नेतृत्व चयन हुदैँ

17.1k Shares

काठमाडौं, १६ असार । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन  ।

यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु भएको छ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त अधिवेसन सुरु भएको हो । सो अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सबिन धमला, तुल्सी सापकोटा, बिष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् । 

सम्बन्धित समाचार