विभिन्न धनमाल चोरी

4.3k Shares

काठमाडौं, ९ असार । झापा, कन्काई नगरपालिका-३ एकान्त टोल डेरा गरी बस्ने २६ वर्षीय विनोद बर्देवाको कोठाबाट टिभी तथा विभिन्न सरसामानहरू समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका-१३ पुर्णहल घर भएका बिधान श्रेष्ठको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार