देउवाले ३० प्रतिशत दिए प्रतिनिधिसभामा को-को छन् शेखर-गगन समूहका उम्मेदवार ?

20.7k Shares

काठमाडौं, १६ असोज । टिकट वितरणमा नेपाली कांग्रेसभित्र देखिएको विवादलाई समाधानका लागि छलफल भइरहेको छ । शेखर-गगन (शेखर कोइराला-गगन थापा) समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत हिस्सा चाहिने भन्दै खबरदारी अभियान चलाइरहेका छन् ।

यही दबाबपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा केही लचक देखिएका छन् । समानुपातिक तर्फको बन्दसूची सच्याउनेदेखि लिएर प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा पनि भागबण्डा दिन देउवा तयार भएका हुन् ।

स्रोतका अनुसार शेखर-गगन समूहलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ३०/३० प्रतिशत हिस्सा दिन उनी तयार भएका छन् । यद्यपि सहमति जुटाउन कोइरालासहितको कांग्रेस पदाधिकारीहरूको बैठक हिजोदेखि बसिरहेको छ ।

कांग्रेसले सत्तारूढ गठबन्धन दलबीचको भागबण्डामा ८५ सीट पाएको छ । यसबारे अन्तिम सहमति भने भइसकेको छैन । देउवाले शेखर पक्षलाई दिने भनेको ३० प्रतिशतको गणना टिकट वितरणमा पनि यही आँकडाका आधारमा तय हुनेछ ।

जसअनुसार ३० प्रतिशत मान्ने हो भने प्रतिनिधिसभाका २५ सीट शेखर-गगन समूहले पाउने देखिन्छ ।

जसमध्ये १२ सीट शेखर-गगन समूहले पाउने लगभग निश्चित नै छ । त्यसबाहेक थप १३ सीटमा शेखर-गगन समूहका नेताहरूले उम्मेदवारी पाउनेछन् ।

शेखर-गगन समूहका नेताहरूले पाउने पक्कापक्की भएका क्षेत्रहरूमा मोरङका ३ क्षेत्र छन् । जसमा मोरङ-१ मा जिल्ला सभापति डिकबहादुर लिम्बु फेरि उम्मेदवार बन्ने देखिएका छन् । उनी अघिल्लो पटक एमालेका घनश्याम खतिवडासँग पराजित भएका थिए ।

यस्तै मोरङ-३ मा मेडिकल व्यवसायी सुनिल शर्मालाई शेखर समूहले उम्मेदवार बनाउने देखिन्छ । अघिल्लो पटक एमालेका भानुभक्त ढकालसँग पराजित भएका उनी यसपटक यहाँबाट एक्लै सिफारिस भएका छन् ।

यस्तै मोरङ-६ शेखर

सम्बन्धित समाचार