भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीद्वारा १ करोड सहयोग

17.4k Shares

काठमाडौँ । गोर्खा ब्रुअरी प्रा.लिले भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । 

प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए ।  

सम्बन्धित समाचार