दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी

906 Shares

काठमाडौं । सरकारद्वारा प्रहरी प्रमुखबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा धकेलिएका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि बुधबार पहिलो सुनुवाइ हुने भएको छ । यसअघि सोमबार पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।
सरकारले डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो । कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको गृहमन्त्रालयले दाबी गरेको छ ।

सम्बन्धित समाचार