जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

6.9k Shares

बझाङ, १ जेठ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार