17.6k
Shares
काठमाडौं,१ जेठ । जिल्ला कारागार बर्दियामा एक कैदीको मृत्यु भएको छ । राजापुर-९ दुर्गापुरका ३८ वर्षीय खुशीराम थारु अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । कारागारमा अचानक बेहोस भएका थारुको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको हाे।
चोरी मुद्दाको कसुरमा कैद भुक्तान गरिरहेका थारु ०७८ साल माघ १० गतेदेखि कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोरा जनाए । दुई वर्ष सजाय भएका थारु यसै वर्ष माघ २६ गते कारागारबाट छुट्ने भएका थिए । उनको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।