सुनचाँदीको भाउ सामान्य बढ्यो

9.4k Shares

काठमाण्डौ – आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नाै सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ४५ रुपैयाँले बढेर ताेलाकाे दुई हजार १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा काराेबार भएकाे थियो ।

सम्बन्धित समाचार