धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

3.5k Shares

काठमाडौँ । काठमाडौँको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ ।  

धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ। हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ । 

प्राधिकरणले धोवीखोला करिडोर तथा कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौँ महानगरपालिकाका अनुरोध गरेको थियो । 

प्राधिकरणको अनुरोधमा काठमाडौँ महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ ।  

सम्बन्धित समाचार