मृत अवस्थामा फेला

8.9k Shares

काठमाडौं । १० वैशाख, काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ वादस्कु बस्ने ४५ वर्षीय यादवराज राई सोही गाउँपालिका राखाबाङदेलस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, कालिका नगरपालिका-५ भिमउली सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ जिरोमाईलस्थित बसपार्कको मेन गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार