रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन्

8.8k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको बुधबार बसिरहेको बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा उपलब्ध गराएको समयमा बोल्दै उनले घिसिङलाई पदबाट हटाउनका लागि सरकारले गरिरहेको प्रयासको विरोधमा यस्तो चेतावनी दिएका हुन् ।

‘सार्वजनिक संस्थानमा राजनीतिक उपज के हुन्छ त्यो देखिराखेका छौँ । अर्कोतिर कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेहरूलाई हामीले मूल्यांकन जिरोमा गर्छौँ । र, उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ,’ झाले भने, ‘विभिन्न परिपन्चहरू सिर्जना गरिराखेका छौँ । त्यसैले सरकारलाई खबरदार पनि भन्न चाहन्छौँ एउटा कुलमानलाई लेखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउने छौँ ।’

सम्बन्धित समाचार