भेरी नदीमा भेटिएको शव मेजर पण्डितको हुनसक्ने आशंका

18.2k Shares

सुर्खेत ।  मंगलबार डोल्पाको त्रिपुरासुन्दरीस्थित भेरी नदीमा  शव  भेटिएको छ। उक्त शव १० भदौमा बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको हो ।

भेरी नदी अन्तर्गत खदांग क्षेत्रमा मंगलबार शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीहरुले प्रहरीलाई खबर गरेपछि सैनिक टोली त्यसतर्फ गएको बताइएको छ । शवलाई जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार