रास्वपा मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न  बालुवाटारमा

17k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका  नेताहरू बालुवाटार पुगेका हुन् । 

पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेताहरू प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका हुन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि  राजीनामा बुझाउने उनीहरूको तयारी छ । 


सरकारमा रास्वपाका तर्फबाट  सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । 

सम्बन्धित समाचार