जुम्ल्याहा सन्तानका पिता बने उसेन बोल्ट

17k Shares
जमाइकाका कीर्तिमानी धावक उसेन बोल्टको जुम्ल्याहा सन्तान जन्मिएको छ ।
बोल्टले फादर्स डेको दिन इन्स्टाग्राममा आफू दुई जुम्ल्याहा छोराको पिता बनेको जानकारी दिएका हुन् ।
३४ वर्षका बोल्ट र उनकी प्रेमिका कासी बेनेटले यी दुई छोराको नाम थन्डर बोल्ट र सेन्ट लियो बोल्ट राखेका छन् ।
यसअघि पनि उनीहरुबाट एक छोरी जन्मिएको थियो । एक वर्षकी छोरीको नाम ओलम्पिया लाइटेनिङ हो ।
जुम्ल्याहा सन्तान कहिले जन्मिएको भनेर भने जानकारी दिइएको छैन । बोल्टले एथ्लेटिक्सबाट सन् २०१७ मा सन्यास लिएका थिए ।
तर उनको १०० मिटर र २०० मिटरको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन् । उनलाई इतिहासकै तिव्र गतिका धावकको रुपमा चिन्ने गरिन्छ ।
ओलम्पिक प्रतियोगिताको १०० मिटर दौडमा ३ पटक स्वर्णपदक जित्ने उनी विश्वकै एक्ला धावक हुन् । उनले आफ्नो खेल जीवनमा मुख्य प्रतियोगिताबाट २३ स्वर्ण हात पारेका छन् ।
सम्बन्धित समाचार