च्यासलमा सुरु भयो एमाले पोलिटब्यूरो बैठक

6.3k Shares

काठमाडौँ– नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ। 

एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो। बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ। 

बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्ताव गरेको छ। ती प्रस्तावलाई पोलिटब्यूरो बैठकमा छलफल गरेर पारित गरिनेछ। 

त्यसपछि ती प्रस्ताव केन्द्रीय कमिटी बैठक हुँदै आगामी भदौ महिनामा हुने विधान महाधिवेशनले अनुमोदन गर्नेछ। सचिवालय बैठकले ७० वर्षे उमेरहद, २ कार्यकाल, पदाधिकारी सङ्ख्या र विधान महाधिवेशन प्रतिनिधिबारे केही नयाँ निर्णय गरेको थियो।

सम्बन्धित समाचार