विमानस्थलका तीन सरसफाइ कर्मचारी १४ किलो सुन तस्करीको अनुसन्धानमा तानिए

17.1k Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन सरसफाइ कर्मचारी १४ किलो सुन तस्करीको अनुसन्धानका लागि तानिएका छन् । 

छानबिन समितिले सोधपुछका लागि उनीहरूलाई लगिएको बताइएको छ । 

बाहिरी कम्पनीबाट करारमा राखिएका सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ । 

छानबिन समितिका प्रमुख मणिराम पौडेलका अनुसार दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएको भएपनि सुपरभाइजर पाण्डेलाई बुधबार राति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो । 

सम्बन्धित समाचार