ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

17.4k Shares

काठमाडौं, १७ फागुन  । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । 

आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि, उनले जर्मन हाउस, भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरिने बताएका थिए । पछि स्थान परिवर्तन गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार