काठमाडौं- संसद सेवा दिवसकाे अवसरमा मंगलबार मैत्रीपूर्ण फुटसल भएकाे छ।आज काठमाडौंमा प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो।प्रतिनिधिसभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए।
फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताए।उनले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताए।त्यस्तै, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताए।
उनले नेताहरूले खेलाडीहरूबाट अनुशासन र टिमवर्कको बारेमा सिक्न आवश्यक रहेको बताए।त्यस्तै, उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरूका लागि महिनामा एक पटक राख्नुपर्ने बताए।खेलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई ४-० ले पराजित गरेको छ।






