नारायणी नदीमा बगेर युवक बेपत्ता

19.5k Shares

चितवन, १९ साउन । देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  


१५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित समाचार