काठमाडौं । लामो समयदेखि कम्युनिष्टद्वारा कब्जा गरिएको राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीमा भएको भ्रष्टाचारले चरम सिमा नाघेकोले जनताको सामुन्ने ल्याएर नङ्ग्याउने नेपाली कांग्रेस प्रभावशाली युवा नेता तथा केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले एक कार्यक्रममा बताएका छन् ।
कास्की जिल्लाको पोखरामा आयोजित नेपाली कांग्रेस भातृ संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणासभामा बोल्दै नेता महर्जनले अब विभाग र संघ मिलेर कम्युनिष्टको भ्रष्टाचारजन्य गतिविधि सार्वजनिक गरी पत्तासाप पारिनु पर्ने बताएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय समितिले खेलकुद विभाग गठन गर्न ढिलो भएको तथा १ वर्षअघि मात्र खेलकुद विभाग केन्द्रले गठन गरिदिएको भए देशैभर खेलकुद प्रतियोगिता गरेर देश नै कांग्रेसमय भएको हुने महर्जनले बताएका छन् ।
‘खेलकुद विभाग प्रमुख नेता मोहनबहादुर बस्नेत जस्तो सक्षम क्षमतावान खेलकुद बुझेको जोस जागर भएको खेलाडीहरूको पहिचान गर्न सक्ने, न हिजो विभाग प्रमुख भएर आए न पछि नै आउँछ,’ महर्जनले भने, कांग्रेसको १४ औं महाधिवेशनपश्चात् पुनः खेलकुद विभाग नै रोज्नुहोला । यो सम्पूर्ण खेलप्रेमीहरूको आवाज भएको उनले सो कार्यक्रममा बताएका थिए ।
बिभाग सचिब महर्जनले कम्युनिस्टहरुको भागबन्डाको कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताएका थिए । अब लोकतन्त्र बचाउनको निमित्त कांग्रेसले जिम्मेवारीपुर्ण भुमिका निभाउनुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेस संबैधानिक सर्बोच्चतामा बिश्वास गर्ने पार्टी भएकोले अब सर्बोच्च अदालतले जे निर्णय गर्छ त्यस्लाई कांग्रेसले स्विकार्छ उनले भने, देशमा घटेका विभिन्न घटनाहरुमा अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार अर्थात् अन्य विभिन्न अपराधिक कृयाकलापमा कम्युनिस्टहरु नै देखिएका छन् । अब उप्रान्त पनि यो मुलुकमा कम्युनिष्टहरुले सरकार चलाई रहने हो भने मुलुकलाई कंगाल बनाउने निश्चित छ । तसर्थ कांग्रेस अझ जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । कम्युनिस्टहरु देखेर नेपाली जनता आजित भई सकेको हुनाले जनताको कांग्रेसप्रति बिश्वास बढ्दै गएको र अब कांग्रेस नेताहरु सानोतिनो कुरामा नअल्झेर नेपाली जनातको मन जितेर नेताहरु एकढिक्का भएर नेपाली जनातको बिश्वास जितेर चुनाबको लागि तयारी अबस्थामा रहनु पर्ने महर्जनकोे भनाई छ ।
महर्जनले राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीमा कम्युनिस्टहरुले व्यापक भ्रष्टाचार गरि रहेकोले अब खेलकुद बिभाग र लोकतान्त्रिकसंगले त्यस्ता भ्रष्टाचारहरुलाई जनताको सामुने ल्याएर उभ्याउनु पर्ने महर्जनले बताए । नेपाली कांग्रेस केन्द्रीय समितिले खेलकुद बिभाग गठन गर्न ढिलो भएको र १ बर्ष अगाडि मात्र केन्द्रले खेलकुद बिभाग गठन गरेको दिएको भए देशैभरी खेलकुद प्रतियोगिता गरेर देश नै कांग्रेस मय बनाउने महर्जनले बताए। अहिलेको खेलकुद बिभाग प्रमुख आदरणीय नेता मोहन बहादुर बस्नेत जस्तो सक्षम जुजारु क्षमतावान खेलकुद बुझेको जोस जागर भएको खेलाडीहरुको मर्म बुझ्न सक्ने हिजो बिभाग प्रमुख भएर आए न पछि नै आउँछ । त्यसैले कांग्रेसको १४ औ महाअधिबेशन पश्चात पुनः खेलकुद बिभाग नै रोज्न महर्जनले बिभाग प्रमुख मोहन बस्नेतलाई आग्रह गर्नुभयो । यो सम्पुर्ण खेलप्रेमिहरुको आवाज हो महर्जनले बताए ।