'डन्की’ले तोड्यो ‘पठान’को रेकर्ड, रिलिजअघि नै एडभान्स बुकिङबाट ४ करोडभन्दा बढी कमाइ

17.6k Shares

काठमाडौं– विक्की कौशल, शाहरुख खान र तापसी पन्नुको मुख्य भूमिका रहेको फिल्म ‘डन्की’ रिलिजअघि नै चर्चामा छ।

हालै शाहरुख खान फिल्म ‘डिन्की’को प्रमोशनका लागि दुबई पुगेका छन्। 

‘डन्की’ले अग्रिम बुकिङमा राम्रो व्यापार गरेको छ। ‘डन्की’ले अहिलेसम्म एडभान्स बुकिङबाट ४ करोडभन्दा बढी कमाइसकेको छ। 

सन् २०२३ शाहरुखका लागि उत्कृष्ट वर्ष रह्यो। शाहरुखको फिल्म ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा धेरै कमाइ गरे। ‘डन्की’ले रिलिजअघि नै ‘पठान’को रेकर्ड तोडेको छ। ‘डन्की’ डिसेम्बर २१ मा रिलिज हुँदैछ। 

सम्बन्धित समाचार