काठमाडौं, माघ १० । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।
पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । रेलमार्गमा टिकटकका लागि अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको मृत्यु भएको जनाइएको छ ।
उनको साथीले टिकटक भिडियो बनाउँदै गर्दा समेत रेल आएको चाल नपाएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ । केही समय अगाडि मात्र नेपालमा पनि टिकटक बनाउने क्रममा एक युवाको मृत्यु भएको थियो। उनको पुलमा झुन्डेर टिकटक बनाउने क्रममा खसरे मृत्यु भएको थियो । एजेन्सी