ललितपुर/सातदोबाटो खुमलटार अवस्थित ग्राण्ड एकेडेमी स्कूलले आफ्ना विद्यार्थीहरुलाई प्रि–प्राइमरीदेखि हरेक ठाउँमा अनुशासित बनाउन Bus Manners कार्यक्रम संचालन गरिहेको छ । एक हप्ताको यस प्रोग्राममा बसमा बस्दा र चढ्दा कसरी अनुशासन पालन गर्ने र कस्ता-कस्ता व्यक्तिलाइ सिटमा ग्राह्यता दिने भन्नेबारे ज्ञान प्रदान गरियो । उक्त कार्यक्रममा २५ जना विद्यार्थीहरुले आफ्नो अभिनयद्धारा बृद्धबृद्धा, अन्धो, बच्चा बोकेको आइमाई, लुलालंगडा, अशक्त व्यक्तिहरुलाई कसरी प्राथमिकताको आधारमा सिट हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा सिकाइएको थियाे ।
सिनियर सिटिजन्सलाई सम्मान गर्ने बानी जुनियर्सले अहिलेदेखिनै सिक्नुपर्छ भन्ने अभिप्रायका साथ यस्तो कार्यक्रमा स्कुलकै परिसरमा आयोजना गरिएको स्कूलका प्रिन्सिपल सिमा राईले जानकारी दिनुभयो । 'समाज हामीलेनै बनाउने हो र यसलाई परिवर्तन गराउने जिम्मा पनि हाम्रो कर्तव्य र दायित्व हो' भन्ने मनन गराउन साे कार्यत्रम स्कूल परिसरमा शिक्षाकाे रूपमा सिकाइएको राईले बताउनुभयो ।
ग्राण्ड एकेडेकी स्कूलले विगतदेखि स्तरीय शिक्षालाइ जाेड दिँदै यस किसिमका आधारभूत कार्यक्रहरु स्कलकै प्राणंगमा संचालन गर्दै विद्यार्थीहरुको संस्कार र व्यक्तित्व विकासमा टेवा पुर्याउँदै हाैसला प्रदान गर्दै आइरहेको छ ।