काँग्रेस देशव्यापी विरोध प्रदर्शन, ओली सरकारले सुतेको बाघलाई उठाउने काम ग¥यो ः अमात्य

15.9k Shares

ललितपुरं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा एकैसाथ भएको छ । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।
यसैक्रममा ललितपुर जिल्लाले हजारौंको संख्यामा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । ललितपुर कांग्रेसले लगनखेलबाट सुरु गरेको विरोध प्रदर्शन मंगलबजार, पुल्चोक हुँदै जावलाखेलमा गएर कोषणमा गरी विरोध कार्यक्रमको समापन गरेको छ ।
ललितपुर कांग्रेसको विरोध सभामा केन्द्रीय प्रतिनिधि केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवको उपस्थितिमा कोषसभा गरिएको थियो । केन्द्रीय प्रतिनिधि सितादेवी यादवले कोणसभालाई सम्बोधन गर्दै नेकपाको केपी शर्मा ओलीद्वारा नेतृत्व गरेको सरकार भ्रष्टाचारमा चुलुम्म डुबेको, बलात्कारका घटनाहरु बढ्दै गएको, तानाशाह प्रवृत्ति देखाएको बताएकी थिइन् । 
त्यस्तै ललितपुर पार्टी सभापति तथा पूर्व माननीय मदनबहादुर अमात्यले ओली सरकार निरंकुतातिर उन्मुख भएको, बालिका बलात्कार घटना बढ्दै गएको र जनमुखी कार्यक्रमहरु ल्याउन नसकेको, आसेपासेलाई मात्र पोस्ने गरेको आरोप लगाएका थिए । अमात्यले सो कोण सभालाई सम्बोधन गर्दै कांग्रेसको यो आन्दोलन सुरुवातमात्र भएको हो, अब सरकारले जनमुखी कार्यहरुलाई वेवास्ता गरी मनोमानी ढंगले अगाडि बढे आन्दोलनको आँधिबेहरी ल्याउने जनाएका छन् । अमात्यले ओली सरकारले सुतेको बाघलाई उठाउने काम गरेको छ, अब कांग्रेस चुप लागेर बस्दैन ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा आउने अवस्था बनेको हो । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।


ललितपुर कांग्रेसको विरोध प्रर्दशनमा ललितपुरका प्रभावशाली नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पार्टी सभापति मदनबहादुर अमात्य, पूर्व अर्थराज्य मन्त्री उदयशमशेर राणा, पूर्व राष्ट्रिय सभा सदस्य धन खतिवडा, नेका केन्द्रीय खेलकुद विभागका सचिव तथा यस विरोध प्रदर्शनको सम्पूर्ण ब्यवस्थापन जिम्मा पाएका मीन कृष्ण महर्जन, तरुण दल अध्यक्ष जितजंग बस्नेत, महासमिति सदस्यहरु जितेन्द्रकुमार श्रेष्ठ, ऋषिराम घिमिरे, मथुराप्रसाद घिमिरे, ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीलगायत उल्लेख्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी काँग्रेसले देशभर केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा मकवानपुरको प्रदर्शनमा सहभागी हुँदैछन् । उनका साथमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. सशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी भई सम्बोधन गर्ने छन् ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी पोखरा, डा. रामशरण महत चितवन, प्रदीप पौडेल कञ्चनपुर, गोपालमान श्रेष्ठ काभ्रे, गगन थापा कैलाली, चन्द्र भण्डारी नुवाकोट, सुरेन्द्र पाण्डे रुपन्देही, पुष्पा भुषाल अर्घाखाँची, जीवन परियार गुल्मी, धनराज गुरुङ स्याङ्जा र नैनसिंह महर दोलखामा खटिएका छन् ।

सम्बन्धित समाचार