जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

20.7k Shares

सर्लाही, २७ जेठ ।  सर्लाहीमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो ।  गत सोमबार घरायसी झगडामा श्रीमान राजारामले आफ्नै श्रीमति इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट सख्त घाइते भएकी इन्द्रकलालाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार वीरगन्जबाट फिर्ता ल्याई घरमा राखेपछि बुधबार अवस्था झन खराब भएपछि छोरीले नै जनकपुर अस्पतलामा पुर्‍याएकी थिइन् । शनिबार बिहान भने इन्द्रकलाको मृत्यु भएको हो ।

कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

 

सम्बन्धित समाचार