हल गोरु पाल्ने कृषकलाई तीन हजार प्रोत्साहन भत्ता

8.7k Shares

तम्घास। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई वार्षिक तीन हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। ग्रामीण स्तरमा  गोरु पाल्न छाडिएकाले गोरुपालक कृषकलाई प्रोत्साहन गर्नका लागि यस्तो नीति लिइएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो। पछिल्लो समयमा कृषकले गोरु पाल्न छोडेकाले उनीहरुलाई प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको छ।

पालिकाभित्रका आठ वटै वडामा कुल दुई सय ५८ हल गोरु पालिएको देखिएको उहाँलाई वडाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको ज्ञवालीले बताउनुभयो। 

प्रोत्साहन भत्ताले गोरु पाल्ने कृषकलाई थप ऊर्जा मिल्ने र पछिल्लो समयमा रासायनिक मलको बढ्दो प्रयोगलाई कम गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ। यसका साथै गोरु पाल्ने कृषकको सङ्ख्या बढ्दै गएमा बाँझो जग्गा पनि नरहने र खेती योग्य जमिनमा खेती हुने पालिकाले जनाएको छ। 

सम्बन्धित समाचार