पूर्वसांसद आङटावा शेर्पा बाथरूममा लडे, टाउकोमा चोट

20k Shares

काठमाडौं, २ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार आफैं परिसर पुगेका शेर्पालाई चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको हो। चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो। राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको उनले बताए।

यसअघि सोमबार परिसर प्रमुख दानबहादुर कार्कीले उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी नगरिएको बताएका थिए। आफूविरूद्ध पनि पुर्जी जारी भएको भन्ने समाचारहरूमा सुनेपछि आफैं उपस्थित भएको उनले प्रहरीलाई बताएका थिए। शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए।

 

सम्बन्धित समाचार