काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ जना कोरोना संक्रमित

21k Shares

काठमाडौं । काठमाडौंमा उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा १२ सय ८३ जना, ललितपुरमा १ सय ५७ जना र भक्तपुरमा १ सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

सम्बन्धित समाचार