17.1k
Shares
काठमाडौं । भारतविरुद्धको एकदिवसीय शृंखलामा अस्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्ने भएका छन् । यही मार्च १७ तारिखदेखि हुने शृंखलामा नियमित कप्तान प्याट कुमिन्स सहभागी नहुने भएपछि भारतीय भूमिमा पाहुना टिमको कप्तानी स्मिथले सम्हाल्ने भएका हुन् ।
गएको शुक्रबार कुमिन्सकी आमा मारियाको निधन भएपछि उनी स्वदेश फर्किएका थिए । कुमिन्स नयाँ दिल्लीमा भएको घरेलु टिमविरुद्धको दोस्रो टेस्टपछि अस्ट्रेलिया गएका थिए ।
कुमिन्सका अनुपस्थितिमा स्टिभले नै बाँकी दुई टेस्टमा अस्ट्रेलियाको कप्तानी सम्हालेका थिए । चार खेलको टेस्ट शृंखला भारतले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।
भारत र अस्ट्रेलियाबीचको तीन एकदिवसीय खेल मुम्बई, विशाखापट्म र चेन्नईमा हुने तालिका छ ।