कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

18k Shares

विराटनगर, १७ जेठ । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । 

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् । उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।  

 

सम्बन्धित समाचार