रामचन्द्र भारी मतका साथ राष्ट्रपति निर्वाचित हुँदै

19.3k Shares

काठमाडौं । देशमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल  बिहिबार निर्वाचित हुँदैछन् । उनलाई प्रतिनिधि सभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दल र सांसदहरुको समर्थन भएकाले जित निश्चित भएको हो । पौडेलको पक्षमा नेपाली काँग्रेस, सीपीएन एमके, सीपीएन यूएस, राष्ट्रिय जनता पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दल छन् । उनीहरुले पौडेललाई मत दिने घोषणा समेत गरिसकेका छन् । कुनै निर्णय नगरेका दलहरु पनि भित्र भित्र पौडेलको पक्षमा छन् ।

सादा जीवन उच्च विचारका पौडेल शालिन नेता मानिन्छन् । उनले धैर्यताका साथ राजनीतिलाई अगाडि बढाए । सभामुख पनि भइसकेको अनुभव छ पौडेलसँग । काँग्रेस सभापति र प्रधानमन्त्री बन्ने उनको सपना भने कहिले पूरा भएन । यसकारण जीवनको उत्तराद्र्धमा पौडेलका लागि राष्ट्रपति नै फाप्यो । परिस्थिति यस्तो बन्यो कि माहोल बदलिएर उनको पोल्टामा आयो राष्ट्रपति पद । पौष १० मा पौडेलले नै सबै गुमेको अभिव्यक्ति धैर्यतापूर्वक दिएका थिए जब प्रचण्डले शेरबहादुर देउवासँग आक्रोशित हुँदै तत्कालीन सत्ता गठबन्धनको बैठकबाट उठेर सिधै बालकोट पुगेका थिए । त्यतिबेला नै राष्ट्रपतिको दाबेदार पौडेलले संयमता गुमाएनन् । उनी आशा नमारी सक्रिय रहे । नभन्दै प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । पौडेलको पक्षमा सहमति बन्यो ।

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङलाई भने उनको दल बाहेक कसैले पनि समर्थनको घोषणा गरेको छैन । राजावादी दल राप्रपा गणतन्त्र पक्षधर भएकाले राष्ट्रपतिलाई मतदान नगर्ने अवस्थामा पुगेको छ । नेम्वाङलाई राप्रपाले मत हाल्ने सम्भावना रहेको भनिएपनि त्यो बनेन । नेम्वाङलाई समर्थन गर्ने पक्षमा अध्यक्ष राजेन्द्र लिङ्देन उभिएपनि बहुमत पदाधिकारी कसैलाई पनि मत नदिने पक्षमा रहेनन् । 

सम्बन्धित समाचार