अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन

9.7k Shares

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित  [email protected]  मा पठाइदिन कार्यदलले आग्रह गरेको छ ।

सम्बन्धित समाचार