अबैध जुवातास खेलिरहेको अवस्थामा स्वयम्भु प्रहरीद्वारा १० लाख नगदसहित १९ जना पक्राउ

19k Shares

काठमाडौं । लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भुको टोलिले १० लाख १२ हजार नगदसहित १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ६ मा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा १८ जना पुरुष र एक जना महिलासति १९ जनालाई १० लाख १२ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका १९ जनालाई प्रहरी बृत्त स्वयम्भुमा हिरासतमा राखी आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने स्वयम्भु प्रहरीले जनाएको छ ।

नागार्जुन नगरपालिका ४ सितापाईला डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका १० घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा डीएसी राजबाबु महर्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बालेन शाह फागुन २५ भित्र निलम्बन हुने संकेत !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा गएको बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) फागुन २५ भित्र निलम्बनमा पर्न सक्ने संकेत देखा परेको छ ।

गत बैशाख बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहितालाई उल्लघन गरेको र त्यसबापत तिर्नुपर्ने जरिवाना नतिरेको र निर्वाचन आयोगले पटक—पटक पत्रमार्फत् जानकारी गराए पनि त्यसको वेवास्ता गर्दै आएकोले सो संकेत देखिएको जानकारहरुले बताउने गरेका छन् । 


सम्बन्धित समाचार