15.1k
Shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।