टस जितेर नेपालले फिल्ड रोजेपछि पहिला ब्याटिङ गर्दै भारत

5.2k Shares

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स अन्तर्गत शुक्रबार भइरहेको समूह ‘बी’ को चौथो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कतारको दोहामा डे–नाइट फर्म्याटमा सञ्चालन हुने खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुँदैछ । टस जितेपछि नेपाली टोलीले भारत ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

समूह चरणको यस महत्त्वपूर्ण भिडन्तमा दुवै टोली सुखद नतिजाको खोजीमा मैदान उत्रँदैछन् ।

सम्बन्धित समाचार