काठमाडौं, ८ साउन । बाँके, डुडुवा गाउँपालिका-५ बाउनबगैंचास्थित गोठ नजिकै सोही ठाउँ बस्ने ५८ वर्षीया दर्सनी परियार बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
बर्दिया, बढैयाताल गाउँपालिका-४ खैरेनीस्थित मानखोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित संसारीमाई पोखरीमा सोही नगरपालिका- २ साउजी पट्टी डेरा गरी बस्ने सोही नगरपालिका-८ सानो रतवाडा घर भएका ५५ वर्षीय राम चन्द्र मुखिया बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-६ जयरामघाटस्थित माइतिघर बस्ने महोत्तरी बर्दिबास नगरपालिका-११ खयरमारा घर भएकी २९ वर्षीया संन्जु माया राई आफ्नै माइतीघरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुर कामत टोलस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका-८ शनिमन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।