रंगेलीबाट खुलेयाम तस्करी, बल्लु र ताहिर मियाँलाई गाईगाेरू, बरूण र प्रदिपलाई तस्करीको लाइन

23.1k Shares

बिराटनगर  । माेरङकाे रंगेली क्षेत्रका नाकाहरूबाट प्रहरी संरक्षण  र सेटिङमा ठूलो मात्रामा तस्करी धन्दा शुरू भएको छ ।  इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्याैपानेले  गाईगाेरू र  अन्य सामानको तस्करीको लाइन चलाएको आराेप लागेको छ । माेरङकाे दूध डेरी पूर्व घर भएका स्थानीय निरीक्षक न्याैपानेलाई निर्वाचनमा सजिलो हाेस भन्नका खातिर नेपाली काङ्ग्रेसका नेताहरूले मागेर सरूवा गराएको  समेत खुलेको छ ।

स्थानीय भएको कारण पनि उनलेे बर्दीकाे आतंक मच्चाउने गरेको स्थानीयकाे आराेप छ । केही दिन पहिले स्थानीय डायनियां चाेकमा पान पसल संचालन गरेर बसेका दिपेन साहले अाैषधी व्यवस्था बिभागले प्रतिबन्ध गरेको नशालु अाैषधी बिक्रीवितरण गरेको सुचना इप्रका रंगेलीमा पुगेपछि साहलाई पक्राउ गरि एक लाख रूपैयाँ लिएर बिना कार्वाही छाेडिएकाे समाचार पनि बाहिर आएको छ । निज पानपसले साहले पहिलेदेखि नै यस्तो गलत काराेवार गर्ने गरेको सुचना पाएपछि प्रहरीले एक लाख लिएर छाेडेकाे कुरा बाहिर आएको हो  । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय माेरङका एसपी शान्तिराज काेइरालासंग प्रश्न गर्दा उनलेे आफुलाई यससम्बन्धमा जानकारी नभएकोले साेधपुछ र छानबिन गर्ने बताए  ।

आफुलाई प्रहरी संगठनकाे भावी नेतृत्वको दावी गर्ने  र  यसै बर्षकाे प्रहरी दिवसमा  उत्कृष्ट प्रदेशको ट्रफी पाएका डिआइजी  सुदिप गिरी  भएको प्रदेश मात्रै नभएर  प्रदेश मुख्यालय रहेको जिल्लाकाे दाेस्राे व्यापारिक र तस्करीको नाका रंगेलीबाट खुलेयाम तस्करी भैरहदा समेत उनी

सम्बन्धित समाचार