भारी मतान्तरले मीनकृष्ण महर्जन बिजयी

19.1k Shares

ललितपुर । ललितपुर क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा भारी मतान्तरले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मिनकृष्ण महर्जन विजयी भएका छन् ।
महर्जनले १३ हजार ३ सय ७८ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चेतनाथ सञ्जेलभन्दा चार हजार दुई सय १८ मतको अन्तरले विजयी भएका हुन् । सञ्जेलले नौ हजार एक सय ७० मत ल्याएका छन् ।
५ हजार ३ सय ९१ मत ल्याई विजयी भएका हुन् । उनका निकतम् प्रतिश्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले ४ हजार १ सय २३ मत ल्याई १ हजार २ सय ६८ मतान्तरले विजयी भए ।
महर्जन र सञ्जेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । ०७४ मा सञ्जेलले १२ हजार ८ सय ६६ मत प्राप्त गरी वागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार ७ सय ४२ मत प्राप्त गरी पराजित भएका थिए ।

सम्बन्धित समाचार