लागू औषध कारोबारीको दोहोलो काट्दै स्वयम्भु वृत्त

20.9k Shares

काठमाडौं । लागू औषध कारोबारदेखि लिएर लागूऔषध प्रयोगकर्ता दुव्र्यसनीको पहिचान गर्दै स्वयम्भु प्रहरी बृत्तले ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याएको छ ।

स्वम्भू प्रहरी बृत्तमा डीएसपी राजबाबु महर्जन हाजिर भएको केही दिनदेखि नै लागूऔषध दुव्र्यसनीदेखि लिएर यातायात कार्यालय सानोभ¥याङमा बिचौलियाहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो । 

स्वयम्भु प्रहरी वृत्तबाट खटिएको टोलिले संकास्पद अवस्थामा हिँडिरहेका काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका—९ शंखुपाटी चौर घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका हनुमानथान सुन्ताखान जानेबाटो नजिकै सुमनमान बज्राचार्यलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ठूलोमात्रामा अबैध लागूऔषधसहित पक्राउ गरेको छ । 

बज्राचार्यको साथबाट ६२ थान डाइजापाम एम्पुल, नोफिम ६२ एम्पुल, फेनेराजेन ६२ एम्पुल बरामद गरिएको थियो । 

त्यस्तै, डीएसपी राजबाबु स्वयम्भु प्रहरी बृत्तमा आउने वित्तिकै यातायात व्यवस्था कार्यालय सानो भ¥याङबाट ६ जना बिचौलियाहरु पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो । पक्राउ गरी कारबाहीको दायरामा आउनेहरु सुवास योञ्जन, वीरबहादुर मगर, विशाल उप्रेती र विमल पुलामी रहेका छन् । 

सम्बन्धित समाचार